पर्सा : सुनाखरी होमस्टेमा पर्यटकको चाप, व्यवसायी उत्साहित
पर्सा थोरी गाउँपालिका–५, सुवर्णपुरस्थित सुनाखरी बफरजोन सामुदायिक होमस्टेमा पर्यटकको आकर्षण बढेको छ। चालु आर्थिक वर्षमा ३ हजारभन्दा बढी पर्यटकले होमस्टे भ्रमण गरेका छन्।
सुनाखरी होमस्टेका अध्यक्ष शम्भुराम पौडेलका अनुसार, फिल्म सुटिङका लागि मात्र ६० बढी प्राविधिक तीन महिनासम्म बसोबास गरेका थिए। गत वर्ष १,८०० पर्यटक आएकोमा यो वर्ष वैशाख तेस्रो साता सम्ममा ३,००० पुगेको छ।स्थानीय उत्पादनका परिकार, संस्कृतिक कार्यक्रम र थोरी क्षेत्रको प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याइरहेको छ। यद्यपि, प्रचार प्रसार र ब्रान्डिङ अभावका कारण अझै समुचित विकास हुन सकेको छैन।
