२७ असोज २०८३ (मंगलवार)

गाउँमै बजार, गाउँमै सम्भावना!

•
२१ असार २०८३, बिहिवार
गाउँमै बजार, गाउँमै सम्भावना!

आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारले गाउँका अर्गानिक र रैथाने उत्पादनलाई स्थानीय उपभोक्तासम्म पुर्‍याउँदै किसानको आम्दानी वृद्धि गर्न योगदान पुर्‍याएको छ। छिम्केश्वरी क्षेत्रका उत्पादनको ब्रान्डिङ, अनुदान र प्राविधिक सहयोगमार्फत नियमित आपूर्ति सुनिश्चित गरिएको छ।गाउँपालिकाले यातायात व्यवस्थादेखि बीउ वितरण, मह, गुन्द्रुक, साग, तरकारीमा प्रतिकेजी अनुदान जस्ता कार्यक्रम सञ्चालन गर्दै हाटबजारलाई दिगो बनाउँदैछ। अब हाटबजार बसपार्क र मोटरबोट क्षेत्रसम्म विस्तार गर्ने तयारीमा छ।